कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेस्रो चरणको निर्वाचन आयोगले मान्दैन : प्रमुख आयुक्त यादव

देवनारायण साह

मोरङ — निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तहको लागि तेस्रो चरणको निर्वाचन आयोगले नमान्ने बताएका छन् । विराटनगरमा पत्रकारसंगको कुराकानीमा सोमबार उनले निर्वाचन मिति अब पून: सार्नु अलोकतान्त्रिक हुने बताएका हुन् ।

तेस्रो चरणको निर्वाचन आयोगले मान्दैन : प्रमुख आयुक्त यादव

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तहको लागि तेस्रो चरणको निर्वाचन आयोगले नमान्ने बताएका छन् ।

विराटनगरमा पत्रकारसंगको कुराकानीमा सोमबार उनले निर्वाचन मिति अब पून: सार्नु अलोकतान्त्रिक हुने बताएका हुन् । ‘असार १४ गतेको निर्वाचन मिति सर्दैन त्यसमा कतै पनि भ्रममा नपर्नुस्,’ उनले भने, ‘तीनपटकसम्म निर्वाचन मिति सारिसक्दा पनि कुनै सहमति हुन नसकेकोले अब कहिलेसम्म सारी राख्ने त्यसैले अब मिति सार्ने कुरा कसैले पनि नगर्नुस् ।’

असार १४ गतेको निर्वाचन मिति अकाट्य छ र यो कसैले सारेर पनि नसर्ने उनले दाबी गरे । ‘अब वर्षा भएपछि निर्वाचन सामग्री पनि बिग्रेर जाने भएकोले निर्वाचनका लागि असार १४ गतेको विकल्प छैन,’ उनले भने, ‘सरकारसंग अत्यन्तै हार्दिक अनुरोध छ– अब मिति नसार्नुस् । पून: निर्वाचन मिति सार्नु लोकतन्त्रमा पनि अलोकतान्त्रिक काम हुन जान्छ ।’

उनले निर्वाचन मिति सार्ने विषयमा आयोग कुनै किसिमको लचकता अपनाउन नसक्ने र यस विषयमा ‘तर’ जोड्न नसक्ने बताए ।

राष्ट्रिय जनता पार्टीले आमहड्तालको घोषणा गरेर पनि निर्वाचन नरोकिने उनले बताए । ‘आमहड्तालमा पनि दोस्रो संविधान सभाको निर्वाचनमा मतदान गरेको हाम्रा मतदातासंग अनुभव छ,’ उनले भने, ‘आमहड्ताल भएपनि मतदातालाई मतदान केन्द्रसम्म जान कुनै अप्ठयारो छैन त्यसैले ५ किलोमिटर हिँडेर भएपनि मतदाता मतदान गर्न जान्छ ।’

उनले आमहड्ताल अनुकुल आयोग पनि निर्वाचन र मतदानको लागि रणनीति बनाएर अगाडि बढ्ने र त्यसको लागि आफूले निर्देशन दिइसकेको बताए ।

राजनीतिक दलसम्बन्धी कानून संशोधन भएकोले राष्ट्रिय जनता पार्टी आयोगमा दर्ता गराउन सक्ने बाटो खुलेपनि चुनाव चिह्न नपाउने उनले प्रष्ट पारे । मत पत्र छापिसकिएकोले अब नयाँ चुनाव चिह्न दिन नसकिने उनको भनाइ छ ।

उनले निर्वाचन आचारसंहिता उल्लंघन नगर्न दल र नेतालाई सचेत रहन आग्रह गरे । उनले सबै मिलेर आचारसंहिता उल्लंघन गर्ने कार्यलाई रोक्नमा मद्दत गर्न आग्रह गरे ।

पहिलो चरणको निर्वाचनमा ३ प्रतिशत मत मात्रै बदर भएकोले दोस्रो चरणमा त्यो प्रतिशतलाई घटाउने गरी मतदाता शिक्षा संचालन गर्न र त्यसमा सबैलाई मद्दत गर्न उनले आग्रह गरे ।

प्रकाशित : जेष्ठ २९, २०७४ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?