कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं — अर्काको परीक्षा दिइरहेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि सुरु गरेको कक्षा ११ को परीक्षामा अंग्रेजी विषयमा अर्कैको परीक्षा दिइरहेको भेटिएको हो । बोर्ड काठमाडौं कार्यालय प्रमुख कृष्ण घिमिरेकाअनुसार कोटेश्वर बहुमुखी क्याम्पसका सिम्बोल नं. १७६१६७०४ भएका पवन रेग्मीको परीक्षा अर्को व्यक्तिले दिएको भेटिएको हो ।

अर्काको परीक्षा दिइरहेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि सुरु गरेको कक्षा ११ को परीक्षामा अंग्रेजी विषयमा अर्कैको परीक्षा दिइरहेको भेटिएको हो । बोर्ड काठमाडौं कार्यालय प्रमुख कृष्ण घिमिरेकाअनुसार कोटेश्वर बहुमुखी क्याम्पसका सिम्बोल नं. १७६१६७०४ भएका पवन रेग्मीको परीक्षा अर्को व्यक्तिले दिएको भेटिएको हो । नासा स्कुल परीक्षा केन्द्रमा रेग्मीको परीक्षा पवन राई भन्ने व्यक्तिले दिएको भेटिएपछि कारबाहीका लागि प्रहरीको नियन्त्रणमा पठाइएको हो ।

घिमिरेले भने, 'काठमाडौंमा त नक्कली विद्यार्थी भेटियो । यस्तो समस्या अन्यत्र पनि होला अनुगमनलाई चुस्त बनाउनुपर्ने देखियो ।'

प्रकाशित : असार १, २०७४ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?