कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर फर्स्यौट आयोगका दुई पदाधिकारीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं — अख्तियार स्रोतका अनुसार केही दिनअघि नै आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पक्राउ गर्न अख्तियारले प्रहरी प्रधान कार्यालयमा पत्र पठाइसकेको हो ।

कर फर्स्यौट आयोगका दुई पदाधिकारीविरुद्ध पक्राउ पूर्जी जारी

 २०७१ सालमा गठन भएको कर फर्स्यौट आयोगका दुई पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ पूर्जी जारी गरेको छ ।

‘एक साताअघि गत आईतबार नै हामीले उनीहरुको घरमा पत्र पठाएर आयोगमा उपस्थित हुन आग्रह गरेका थियौं भने त्यसपछि फेरी ताकेता गरेका थियौं’ अख्तियार स्रोतले भन्यो, ‘तोकिएको तीन दिनभित्र पनि उनीहरु आयोगमा उपस्थित नभएपछि पक्राउका लागि सार्वजनिक सूचना निकालिएको हो ।’

२१ अर्ब रुपैयाँ अनियमित ढंगले कर मिनाहा गरिदिएको घटनाको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई पक्राउ गरेर बयान लिइरहेको छ । बयानकै क्रममा महत र ढकाललाई अख्तियारले झिकाएको थियो ।

आयोगमा बसेर काम गरेका लुम्बध्वज महत तत्कालिन अर्थमन्त्री रामशरण महत निकटका चाटर्ड एकाउन्टेण्ड हुन भने उमेश ढकाल एमाले निकटका मानिन्छन् । फरार हुनुअघि दुवैजना अनुसन्धानलाई प्रभावित पार्न राजनीतिक दौडधुपमा रहेको स्रोतले बतायो ।

प्रकाशित : असार ४, २०७४ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?