कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमानस्थल बाहिरी घेरामा सेना

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी सुरक्षा घेरामा नेपाली सेना खटिएको छ । यसअघि ‘आउटडोर प्यारामिटर’ भनिने विमानस्थल बाहिरको सुरक्षामा नेपाल प्रहरी खटिएको थियो । विमानस्थल सुरक्षामा खटिएका एक सय प्रहरी दोस्रो चरणको स्थानीय तह निर्वाचन सुरक्षामा खटिएपछि त्यहाँ सेना खटाइएको हो ।

विमानस्थल बाहिरी घेरामा सेना

विमानस्थल सुरक्षाको नेतृत्व सम्हालिरहेका डीआईजी पंकज श्रेष्ठले यात्रुसँग प्रत्यक्ष सम्पर्कमा नरहने क्षेत्रमा मात्रै सेना खटिएको जानकारी दिए । उनले यसअघिका निर्वाचनमा जस्तै नेपाल प्रहरीको रिक्त रहेको ठाउँमा सेना खटिएको स्पष्ट पारे । उनले कान्तिपुरसँग भने, ‘सर्वसाधारणसँग प्रत्यक्ष संवाद नहुने ठाउँमा मात्रै सेना खटिएको हो । अन्य चेकजाँचमा साबिकझैं प्रहरी नै खटिएको छ ।’

प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा निम्ति आवश्यक प्रहरी व्यवस्थापन गर्न विमानस्थल र कारागारको बाहिरी सुरक्षामा खटिएका प्रहरीलाई पनि उपयोग गरेको छ । प्रहरीको पोलिसी गाइडलाइनमा यसरी प्रहरीको स्थानान्तरण भएपछि रिक्त स्थानमा नेपाली सेना खटाउन सकिने उल्लेख छ ।

प्रकाशित : असार ४, २०७४ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?