कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले उम्मेदवारको घरमा बम विस्फोट

डम्बरसिंह राई

खोटाङ — एमाले उम्मेदवारको घरमा मंगलबार राति बम विस्फोट भएको छ । रुपाकोट मझुवागढी नगरपालिका वडा नं ८ का अध्यक्षमा एमालेबाट उम्मेदवारी दिएकी लीला चौहानको घरमा मंगलबार राति बम विस्फोट भएको हो ।



विस्फोटमा चौहानकी भाइ बुहारी २२ वर्षीया शकुन्तला चौहान सामान्य घाइते भएकी छन् । उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक किरण गुरुङले बताए ।

चौहानको घरमा राखिएको दुईवटा सुतली बममध्ये साढे सात बजे एउटा विस्फोट भएको प्रहरीले जनाएको छ । एउटा भने नेपाली सेनाको शेरगण मुढे ब्यारेकका डिस्पोजल टोलीले बुधबार बिहान साढे ८ बजे विस्फोट गराएको छ । विस्फोटको कसैले जिम्मेवारी लिएको छैन । विस्फोटपछि स्थानीय आतंकित बनेका छन् ।

प्रकाशित : असार ७, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?