कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चारकिलोमा पहिरो, मुग्लिन सडक बन्द

बागझोरामा अवरुद्ध सडक खुल्यो

रत्ननगर (चितवन) — चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा बुधबार बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चलेपनि विहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो ।

चारकिलोमा पहिरो, मुग्लिन सडक बन्द

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा बुधबार बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चलेपनि विहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो । अहिले डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । बेलाबेलामा पानी परिरहेकाले पहिरो पन्छाउन समस्या आउने गरेको प्रहरीले जनाएको छ । पहिरोका कारण यातायात बन्द हुँदा चितवनबाट काठमाडौँ तथा पोखरा जाने र आउने सवारीको ठूलो लाइन लागेको छ ।

दुई दिनअघि पनि यहाँको कालीखोलामा पहिरो खस्दा ८ घन्टा यातायात बन्द हुन पुगेको थियो । मुग्लिन सडक विस्तारका क्रममा रहेकाले यहाँ पहिरो खस्ने क्रम चलिरहेको छ । केही महिनाअघि यहाँ सुक्खा पहिरो खस्दा दुईजनाको ज्यानसमेत गएको थियो ।

बागझोरामा अवरुद्ध सडक खुल्यो

त्रिभुवन राजपथको बागझोरामा बुधबार बिहान परेको वर्षाले बाढीपहिरो आउँदा अवरुद्ध रहेको राजमार्गलाई पहिरो हटाई ८:३० बजे हेटौँडा–काठमाडौँ दुवै तर्फको यातायात सेवा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार बिहान २:३० बजे बाढीपहिरो आई उक्त राजपथको बागझोरामा हेटौँडा–काठमाडौँ दुवैतर्फको यातायात सेवा अवरुद्ध हुन पुगेको थियो । उक्त राजपथमा लामबद्ध रहेका सवारी साधनहरु दामन, पालुङ र कुलेखानी हुँदै काठमाडौँतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन् । रासस

प्रकाशित : असार ७, २०७४ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?