कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीमदत्त नगरपालिकामा एमाले विजयी

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकामा एमाले विजयी भएको छ । कांग्रेसलाई १ सय ६६ मतले हराउँदै एमालेका सुरेन्द्र विष्ट मेयर निर्वाचित भएका छन् ।

विष्टले ११ हजार ८ सय ३१ मत ल्याउँदा कांग्रेसका पदम बोगटीले ११ हजार ६ सय ६५ मत पाए ।

भीमदत्त नगरपालिकामा एमाले विजयी

कांग्रेस र एमाले दुवै दलका लागि प्रतिष्ठाको विषय बनेको कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी भएको छ ।

मतदान सम्पन्न भएको १० दिन पछि आएको मतपरिणाम अनुसार प्रमुखमा एमालेका सुरेन्द्र विष्ट ११ हजार ८३१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पदम बोगटीले ११ हजार ६६५ मत ल्याए ।

उपप्रमुखमा कांग्रेसकी सुशीला चन्द सिंह १२ हजार ७७५ मत ल्याएर विजयी भइन् । निकतटम प्रतिद्वन्द्वी एमालेकि माया पन्तले ११ हजार ८ सय ३६ मत ल्याइन् । ३७ हजार ७७५ मत खसेको भीमदत्त नगरपालिकामा १ हजार १२३ मत बदर आएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान भएको दोस्रो दिनदेखि मतगणना सुरु भए पनि सुस्त गतिको गणनाका कारण परिणाम आउन ढिला भएको हो । मतगणनाको सुरुवातदेखि नै कांग्रेसका पदम बोगटीले अग्रता लिए पनि अन्तिम अवस्थामा आएर एमालेले अग्रता लिएको हो ।

७ नगरपालिका र २ गाउँपालिका रहेको कञ्चनपुरमा भीमदत्त नगरपालिकाको प्रमुखमा जीतसँगै कञ्चनपुरमा एमाले पहिलो पार्टी बनेको छ । एमालेले भीमदत्तसँगै बेदकोट र कृष्णपुर नगरपालिका तथा बेल्डाँडी गाउँपालिकाको प्रमुख र उपप्रमुख जितिसकेको छ । कांग्रेसले महाकाली र शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा जितेको छ । उक्त दुवै नगरपालिकाको उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

यसैगरि माओवादी केन्द्रले लालझाडी गाउँपालिकाको प्रमुख तथा उपप्रमुख र बेलौरी नगरपालिकाको प्रमुखमा जितेको छ । बेलौरी नगरपालिकाको उपप्रमुखमा एमालेकी उम्मेदवार विजयी भएकी छन् ।

अब पुनर्वास नगरपालिकाको मात्रै मतपरिणाम आउन बाँकी छ । आधाभन्दा बढी मतगणना भइसकेको अवस्थामा विवाद भएपछि ५ दिनसम्म उक्त नगरपालिकाको मतगाणना स्थगित भएको थियो । दलहरुबिच सबै मत पुन: गणना गर्ने सहमतिपछि बुधबारदेखि गणना सुरु भएको हो ।

प्रकाशित : असार २३, २०७४ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?