कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल र अष्ट्रलियाबीच सचिवस्तरिय संयन्त्र बन्ने

नारायण खड्का

अष्ट्रेलिया — नेपाल र अष्ट्रेलियाका परराष्ट्र सचिव स्तरीय संयत्र गठन भएको छ । परराष्ट्र सचिव शंकरदास बैरागी र अष्ट्रेलियाका कार्यवाहक परराष्ट्र सचिव ग्यारी क्युनलानबीच शुक्रबार उक्त संयन्त्र गठन सम्बन्धी सम्झौता भएको हो ।

नेपाल र अष्ट्रलियाबीच सचिवस्तरिय संयन्त्र बन्ने

विदेश बिभागको कार्यलयमा भएको सम्झौतामा नेपालका तर्फबाट सचिवका साथै राजदुत लक्की शेर्पा र अधिकारीहरुको सहभागीता थियो भने अष्ट्रेलियाको तर्फबाट क्युनलान, दक्षिण एसियाली निर्देशक क्याथी ग्लजम्यान लगायतको उपस्थिति थियो । हस्ताक्षर कार्यक्रममा नेपालको तर्फबाट भिषा प्रक्रिया नेपालबाटै पुन: स्थापना र उच्चस्तरीय औपचारिक कुटनीतिक भेटघाटको लागि वातावरण बनाउनसमेत आग्रह गरिएको थियो ।

नेपाल र अष्ट्रेलियाको ६ दशकभन्दा लामो कुटनीतिक सम्बन्ध कायम भइसकेपनि अहिलेसम्म कुनै उल्लेख्य कुटनीतिक सम्बन्ध कायम नभएको अवस्थामा यसले सम्बन्ध विस्तारमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास नेपाली पक्षको छ । संयन्त्र निर्माण भएपछि प्रत्येक दुई बर्षमा बैठक गर्ने र आपसी कुटनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक बिषयहरुमा सम्बन्ध बिस्तारका लागि पहल गरिने क्यानबेरास्थित दुतावासद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

हस्ताक्षर कार्यक्रममा सहभागि अष्ट्रेलियाली परराष्ट्र कार्यवाहक सचिव क्युनलानले नेपालसँगको यो अर्को तहको सम्बन्धले द्विदेशीय सम्बन्ध अझ मजबुत हुने बताएका थिए । उनले नेपालमा लगानी अभिबृद्धीका लागि अष्ट्रेलिया सरकार सदैव सकारात्मक रहेको जानकारी दिंदै नेपालबाटै भिषा प्रक्रिया शुरु गर्ने बिषयमा समेत अष्ट्रेलिया सरकार रचनात्मक उपायहरु अबलम्बन गर्न सकारात्मक रहेको जानकारी दिएका थिए ।

अष्ट्रेलियाका लागि नेपाली राजदुत शेर्पाले संयन्त्र निर्माण भइसकेपछि यसले अष्ट्रेलियाको लगानी नेपाल भित्रयाउन मद्दत पुर्याउने विश्वास ब्यक्त गरिन् । शेर्पाले अहिलेसम्म अष्ट्रेलियाबाट कुनैपनि फाइदा लिन नसकेको बताउँदै यो सम्झौताको माध्यमबाट नेपालले अष्ट्रेलियाबाट धेरै फाईदा लिनको लागि पहल गर्न सजिलो हुने बताइन ।

प्रकाशित : असार ३०, २०७४ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?