कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिन एमालेको सुझाव

काठमाडौं — एमालेले मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिन र उपयुक्त प्रक्रिया अवलम्बन गर्न सोमबार निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिन एमालेको सुझाव

आयोगको कार्यालय कान्तिपथमा प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई भेटी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोलीले आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी मतदाता नामावली अद्यावधिक गर्न माग गरेको हो ।

नेपालको संविधान बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गर्न आग्रह गर्दै एमालेले निर्वाचन भइसकेका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइ अविलम्ब अन्त गर्न पनि सुझाव दिएको छ ।

एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचन सम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर आयोगले गरेको पहल सकारात्मक भएको पनि स्मरण गराएको छ ।

प्रकाशित : श्रावण २, २०७४ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?