कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा पार्किङ गर्न अब शुल्क तिर्नुपर्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाले निशुल्क पार्किङ गर्न दिने पूर्व नीतिलाई खारेज गर्दै शनिबार पारित गरेको आर्थिक ऐन–२०७४ पारित गर्दै पार्किङमा शुल्क लिने निर्णय गरेको छ । महानगरपालिकाले पारित गरेको ऐनअनुसार काठमाडौं क्षेत्रलाई ३ क्षेत्रमा विभाजित गरी पार्किङ शुल्क लिने निर्णय गरेको हो ।

काठमाडौंमा पार्किङ गर्न अब शुल्क तिर्नुपर्ने

काठमाडौं महानगरपालिकाले निशुल्क पार्किङ गर्न दिने पूर्व नीतिलाई खारेज गर्दै शनिबार पारित गरेको आर्थिक ऐन–२०७४ पारित गर्दै पार्किङमा शुल्क लिने निर्णय गरेको छ ।

महानगरपालिकाले पारित गरेको ऐनअनुसार काठमाडौं क्षेत्रलाई ३ क्षेत्रमा विभाजित गरी पार्किङ शुल्क लिने निर्णय गरेको हो । जसअनुसार दुई पांग्रे सवारीले क्षेत्र अनुसार १५ देखी २० रुपैयाँ, चार पांग्रेले ४० देखी ५० रुपैयाँ र छ पांग्रे माथिकाले १०० देखि २०० रुपैयाँ प्रति घन्टा पार्किङ शुल्क बुझाउनुपर्ने भएको छ ।

यस्तै महानगरपालिकाले पार्किङ व्यवसाय संचालन गर्न पनि पूर्व अनुमति लिनुपर्ने र पार्किङ गर्दा सडकको कुल चौढाईको २५ प्रतिशतभन्दा बढी भाग नओगट्ने गरी स्पष्ट रेखांकन गर्नुपर्ने व्यवस्था गरेको छ । महानगरपालिकाले आधुनिक प्रविधि प्रयोग गरेर पार्किङ व्यवसाय संचालन गरे सोमा लाग्ने करमा पनि छुट दिने बताएको छ ।

यस्तो छ क्षेत्र निर्धारण र शुल्क :

प्रकाशित : श्रावण २, २०७४ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?