कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएस परीक्षामा १२ हजार एक सय ८ उत्तीर्ण (नतिजासहित)

होम कार्की

काठमाडौं — रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानेको लागि लिइएको भाषा परीक्षामा १२ हजार एकसय ८ जना उत्तीर्ण भएको छ । ईपीएस निर्देशक बाबुराम आचार्यका अनुसार ५९ हजार परिक्षार्थी मध्ये १२ हजार एकसय ८ जना उत्तीर्ण भएका हुन् ।

ईपीएस परीक्षामा १२ हजार एक सय ८ उत्तीर्ण (नतिजासहित)

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानेको लागि लिइएको भाषा परीक्षामा १२ हजार एकसय ८ जना उत्तीर्ण भएको छ ।

ईपीएस निर्देशक बाबुराम आचार्यका अनुसार ५९ हजार परिक्षार्थी मध्ये १२ हजार एकसय ८ जना उत्तीर्ण भएका हुन् । जसमा कृषितर्फ ७ हजार ५ सय ७८ र उत्पादनतर्फ ४ हजार ५ सय ३० जना उत्तीर्ण भए । ‘उत्तीर्ण भएका परिक्षार्थीको यो वर्ष सीप परीक्षण हुँदैन,’ उनले कान्तिपुरलाई भने, ‘उत्तीर्ण भएकाहरु आउने फेब्रुअरीबाट पठाउन सुरु हुन्छ । उनीहरु चार बर्ष १० महिना काम गर्न पाँउछन् ।'

हालसम्म कोरियामा ४७ हजार नेपाली युवा गइसकेका छन् । कोरिया जानको लागि ९ सय ५६ डलर खर्च हुन्छ ।

ईपीएसकाे नतिजा यहाँ हेर्नुहाेस् :

प्रकाशित : श्रावण १०, २०७४ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?