कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुर्जे भञ्ज्याङको पहिरो पन्छाएपछि खुल्यो छहरे-टोखा सडकखण्ड

नुवाकोट — नुवाकोटलाई राजधानी काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड सञ्चालनमा आएको छ । गुर्जे भञ्ज्याङमा आइतबार साँझ गएको पहिरोले अवरुद्ध सडक मंगलबार बिहानदेखि सञ्चालनमा आएसँगै रोकिएका २०० भन्दा बढी सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

गुर्जे भञ्ज्याङको पहिरो पन्छाएपछि खुल्यो छहरे-टोखा सडकखण्ड

नुवाकोटलाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडकखण्ड छहरे–टोखामा पहिराले पारेको अवरोधलाई डिभिजन सडक कार्यालय नुवाकोटको स्काभेटरसहित स्थानीय बासिन्दा, नेपाल प्रहरी र शिवपुरी राष्ट्रय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाल सेनासहितको टोलीले पन्छाएको हो । पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा आए पनि पहिरोको जोखिम भने बाँकी नै रहेकाले त्यसलाई समेत हटाउने काम भइरहेको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख रोहितकुमार बिसुरालले जानकारी दिए ।

नुवाकोट र रसुवालाई बाहिर जिल्लासँग जोड्ने तीन सडक छहरे–टोखा, त्रिशूली–ककनी–काठमाडौँ र त्रिशूली–गल्छी–काठमाडौँ सडक भए पनि तीनवटैमा अहिले स्तरोन्नतिको काम भइरहेकाले दैनिक सडक अवरुद्ध हुने गर्छ । रासस

प्रकाशित : श्रावण १७, २०७४ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?