कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङमा पनि पहिरोले पुरियो जिप, पृथ्वीराजमार्ग ठप्प

हरिहरसिंह राठौर

धादिङ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिको वडा नं १० को जोगिमारास्थित तिङग्राङमा पहिरो गएको छ । बुधबारदेखिको अविरल वर्षाका कारण बिहीबार बिहान ६ बजेदेखि पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । पहिरोले एउटा बलेरो जिप पुरिएको छ ।

धादिङमा पनि पहिरोले पुरियो जिप, पृथ्वीराजमार्ग ठप्प

पहिरोले पुरेका कारण जिपको नम्बर भने खुल्न सकेको छैन । जिप निकाल्ने प्रयास भइरहेको छ । मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

हिमाल सिमेन्ट कारखानाको चुनढुङ्गाखानीबाट आएको बाक्लो लेदो र पहिरोले राजमार्ग ठप्प छ । मुग्लिन हुँदै आउने गण्डकी अञ्चलबाट आउने सवारी साधनहरु पुरै ठप्प छन् । चुनढुङ्गाखानीबाट निस्केको माटो समयमा व्यवस्थित गर्न नसक्दा बगेर थप पहिरो गएको स्थानीय शिक्षक तिलक चेपाङले बताए ।

‘थप राजमार्ग जाम हुन नदिन राजधानीबाट गएका सवारी साधनहरु पनि गजुरी र मलेखुमै रोकिएको छ’ गजुरीस्थित ईलाका प्रहरी कार्यालयका ईञ्चार्ज वरुणबहादुर सिंहले बताए । 

 

प्रकाशित : श्रावण १९, २०७४ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?