कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तकोशीको ढोका खोल्न कुटनीतिक पहल चाल्न परराष्ट्रमन्त्रीलाई गृहमन्त्रीको अनुरोध

कान्तिपुर संवाददाता

काठमाडौं — सप्तकोशीको ढोका खोल्न परराष्ट्रमन्त्रीलाई कुटनीतिक पहल चाल्न गृहमन्त्री जर्नादन शर्माले अनुरोध गरेका छन् । शुक्रबारदेखि सुरु भएको अत्याधिक वर्षाका कारण सप्तकोशीमा पानीको बहाव उच्च रहेको र समयमै ढोका नखोले थप विपत्ती हुने गृह मन्त्रालयमा बसेको बैठकले निष्कर्ष निकालेको थियो ।

सप्तकोशीको ढोका खोल्न कुटनीतिक पहल चाल्न परराष्ट्रमन्त्रीलाई गृहमन्त्रीको अनुरोध

गृह प्रवक्ता दीपक काफ्लेले पनि उक्त बैठकपछि गृहमन्त्रीले ढोका खोल्नेबारे पहल सुरु गरेको कान्तिपुरलाई बताए । गृह मन्त्रालयले सप्तकोशीको अवस्था बुझ्नका लाथि क्षेत्रिय प्रशासन कार्यालयलबाट निरन्तर सूचना लिएको थियो ।

प्रकाशित : श्रावण २८, २०७४ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?