कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आपतकालिन परिस्थिति भन्दै सरकारी चिकित्सककाे आन्दोलन स्थगित

अतुल मिश्र

काठमाडौं — सरकारी चिकित्सक संघ (गोदान) ले डा. गोविन्द केसीको जीवन रक्षा गर्न गरेको आकस्मिक बाहेक अन्य सम्पूर्ण सेवा बहिस्कारको निर्णय स्थगन गरेको छ । तर डा.केसीको जीवन रक्षार्थ सरकारी चिकित्सकहरुको आन्दोलन समेत जारी रहेको जनाएको छ ।

गोदानका अध्यक्ष डा.दीपेन्द्र पाण्डेले मुलुकमा बाढी पहिरोले गर्दा उत्पन्न विषम परिस्थितिमा आम नागरिकको जीवन रक्षार्थ सरकारी चिकित्सकबाट दिइने स्वास्थ्य सेवा बहिस्कार गर्न नसकिने जनाएका छन ।

हालको प्राकृतिक प्रकोपमा अझ थप स्वास्थ्य सेवा प्रदान गर्न बाढी प्रभावित क्षेत्रमा जाने निधो गरेको समेत उनले जनाए । 

प्रकाशित : श्रावण २८, २०७४ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?