कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, गाडीका यात्रु २४ घण्टादेखि सडकमै

प्रकाश बराल

तनहुँ — पृथ्वी राजमार्गको आँबुखैरेनीमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । दुई दिनदेखि लगातार झरी परेकोले उक्त पहिरो खसेको हो । पहिरोसँगै रुख पनि ढलेकोले राजमार्गमा सवारीको लामो लाईन लागेको छ ।

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, गाडीका यात्रु २४ घण्टादेखि सडकमै

पहिरोले दुवै तर्फका सवारी रोकिंदा यात्रीहरुले सास्ती खेपेका छन् । राजधानी र तराईतर्फबाट आएकाहरुले चौबीस घण्टादेखि सडकमै बस्नुपरेको गुनासो गरे । राजमार्गका विभिन्न स्थानमा साना पहिरो खसेकोले यात्रा कठिन भएको उनीहरुको भनाइ छ ।

सडक खुलाउन प्रहरी र स्थानीयले काम थालेको प्रहरी निरीक्षक विजयराज पण्डितले बताए । लगातार झरी परेकोले जुनसुकै स्थानमा पहिरो जान सक्ने खतरा बढेको समेत उनले बताए । प्रहरीले सबैलाई होसियारी अपनाउन पनि आग्रह गरेको छ । यसअघि पहिरो खसेको आँबुखैरेनीकै ऐना पहरोमा पनि समय समयमा ढुंगा खसेकोले सर्तकता अपनाएर प्रहरी बसेर सवारी पार गराएको छ ।

प्रकाशित : श्रावण २९, २०७४ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?