कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रसूतिका लागि अस्पताल लैजाँदा गाडी डुब्यो, गर्भवतीसहित ६ को मृत्यु

चितवन — रौतहटको परोरा गाउँपालिकाबाट प्रसूतिका लागि आउँदै गरेको गाडी राजपुर ३ स्थित डुबानमा पर्दा आइतबार बिहान गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालिका छन् ।

प्रसूतिका लागि अस्पताल लैजाँदा गाडी डुब्यो, गर्भवतीसहित ६ को मृत्यु

परोरा-३ का चन्दनकिशोर यादवकी श्रीमती २७ वर्षीया शर्मिला यादवको सुत्केरी गराउन बिहान राजपुर फरहदवास्थित स्वास्थ्य चौकी ल्याउँदै गर्दा सडकमा उनीहरु सवार गाडी डुबानमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा चन्दन, उनका गर्भवती श्रीमती शर्मिला, ३ वर्षीया छोरी छोटीकुमार यादव, आमा ५४ वर्षीया सुनिता यादव, काकी ३८ वर्षीया ललिता यादव र भाइ २५ वर्षीय सरोज यादवको मृत्यु भएका मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाले जनायो । सुनितालाई सुत्केरी व्यथा लागेपछि बिएच२६एवाई १९३९ नम्बरको भारतीय टाटा सफारी जिपमा स्वास्थ्य चौकी ल्याउँदै गर्दा राजपुर ३ स्थित बाटोमा डुबानमा परेको हो ।
 
लगातारको वर्षापछि पानीको सतक बढेको र चालकले सडकमा पानीको अवस्था हेक्का राख्न नसक्दा डुबानमा परी मृत्यु भएको हुनसक्ने प्रहरीले जनायो । उनीहरुको शव घटनास्थलबाट बाहिर निकालिएको छ । लगातारको वर्षापछि रौतहटको अधिकांश भाग डुबानमा परेको छ । सदरमुकाम गौरलगायत क्षेत्र अहिले डुबानमा परेको छ । वर्षाले पूर्व-पश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ । 

प्रकाशित : श्रावण २९, २०७४ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?