कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठ किलो सुनसहित पक्राउ परेका दुईजना सार्वजनिक

कृष्ण थापा

नुवाकोट — अवैध आठ किलो सुनसहित पक्राउ परेका दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । चीनको केरुङ हुँदै रसुवागढी नाकाबाट काठमाडौ लैजान लागेको सुनसहित पक्राउ परेका दिपक घले र फुर्बु तामाङलाई आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।

आठ किलो सुनसहित पक्राउ परेका दुईजना सार्वजनिक

अवैध आठ किलो सुनसहित पक्राउ परेका दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

चीनको केरुङ हुँदै रसुवागढी नाकाबाट काठमाडौ लैजान लागेको सुनसहित पक्राउ परेका दिपक घले र फुर्बु तामाङलाई आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । रसुवा उत्तरगया गाउँपालिका ५ का ३७ वर्षीय घले र पार्वतीकुण्ड गाउँपालिका ५ का २७ वर्षीय तामाङलाई शनिबार नुवाकोट प्रहरीले पक्राउ गरेको थियो ।

बा५५प ८०६७ नम्बरको पल्सर मोटरसाइकलमा बाँधेर ल्याइएको अवस्थामा उनीहरुलाई विदुर नगरपालिका १० भैंसेमा पक्राउ गरिएको प्रहरी प्रमुख एसपी वीरेन्द्रकुमार बस्यालले बताए । उनीहरु सुराकीको आधारमा पक्राउ गरेका थिए । बरामद सुन तौल गर्दा ८ किलो १ ग्राम रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय विदुरमा अनुसन्धानका लागि राखिएको छ । उनीहरुलाई संगठित अपराधअन्तर्गत अदालतमा मुद्दा दायर गर्ने एसपी बस्यालले बताए । सुनको बजार मूल्य ३ करोड रुपैयाँभन्दा माथि छ । सुन ओसारपसारमा अन्य गिरोह पनि स‌ंलग्न हुनसक्ने आशंकाले उनीहरुमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २९, २०७४ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?