कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृहमन्त्री शर्मा पश्चिमका बाढीग्रस्त क्षेत्रमा

कान्तिपुर संवाददाता

काठमाडौं — गृहमन्त्री जनार्दन शर्मा बाढीग्रस्त क्षेत्रको निरीक्षणका लागि पश्चिम नेपाल पुगेका छन् ।

यती एयरलाइन्सको विमान चार्टर गरी गृहमन्त्री शर्माको नेतृत्वमा १९ जनाको टोली आइतबार बिहान ९:१५ बजे त्यसतर्फ प्रस्थान गरेको हो । गृहमन्त्री शर्माले बाँकेको राप्ती सुनारी गाउँपालिकाको फत्तेपुरमा गएर बाढी प्रभावित जनता तथा पीडितहरुलाई प्रत्यक्ष भेटघाट गरे । उनले उद्धारका लागि मातहतका निकायलाई थप निर्देशन गरेको उनको सचिवालयले जनाएको छ ।

गृहमन्त्री शर्मा पश्चिमका बाढीग्रस्त क्षेत्रमा

गृहमन्त्री जनार्दन शर्मा बाढीग्रस्त क्षेत्रको निरीक्षणका लागि पश्चिम नेपाल पुगेका छन् ।

यती एयरलाइन्सको विमान चार्टर गरी गृहमन्त्री शर्माको नेतृत्वमा १९ जनाको टोली आइतबार बिहान ९:१५ बजे त्यसतर्फ प्रस्थान गरेको हो । गृहमन्त्री शर्माले बाँकेको राप्ती सुनारी गाउँपालिकाको फत्तेपुरमा गएर बाढी प्रभावित जनता तथा पीडितहरुलाई प्रत्यक्ष भेटघाट गरे । उनले उद्धारका लागि मातहतका निकायलाई थप निर्देशन गरेको उनको सचिवालयले जनाएको छ । त्यसै गरी उनले राप्ती किनारका बस्तीहरु, बर्दियाको बबई किनारका बस्ती र गुलोरिया नगरपालिकाका प्रभावित क्षेत्रहरुको हवाई निरीक्षण गरेका छन् ।

टोलीमा पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु, आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मी, केन्द्रीय दैवी प्रकोप उद्धार समिति सदस्य सचिव कृष्ण राउतलगायत छन् । गृहमन्त्री शर्माको टोलीले मौसम अनुकूल भएमा पुर्वका बाढी प्रभावित क्षेत्रको पनि निरीक्षण गर्ने कार्यक्रम छ ।

प्रकाशित : श्रावण २९, २०७४ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?