कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सधैं गोविन्द केसीको मागका पक्षमा : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौं — पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू सधैं डा. गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताएका छन् ।

सधैं गोविन्द केसीको मागका पक्षमा : दाहाल

२१ दिनदेखि अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै अध्यक्ष दाहाललाई भेट्न पुगेका प्रतिनिधि मण्डलसँग कुरा गर्दै उनले आफू डा. केसीले उठाएका मागको पक्षमा रहेको बताएका हुन् । ‘काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा. केसीको माग सकारात्मक छ, यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याई छ' भेटमा अध्यक्ष दाहालले भने, 'म प्रधानमन्त्री हुँदा पनि उहाँले उठाएका समस्या सम्बोधन गर्न सकारात्मक कुराकानी भएको हो । तर, कतिपय कानुनी र प्रशासनिक जटिलताका कारण सबै काम सम्पन्न हुन सकेन ।' 

अब ऐनमा त्यसबारे ठोस व्यवस्था गरेर डा. केसीलाई आश्वस्त पार्दै अनशन तोडाउनु पर्ने दाहालको भनाइ छ । उनले आइतबार नै यसबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरेर अनशन तोडाउन पहल गर्ने आश्वासन दिए । 

भेटमा प्रतिनिधि मण्डलले डा. केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उनले उठाएका माग सम्बोधन गरी अनशन तोडाउने पहलका लागि दाहालसँग आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ । 

प्रकाशित : श्रावण २९, २०७४ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?