बाँध भत्काएर बाग्मती नदी बस्तीमा

पवन यादव

रौतहट — रौतहटको गढीमाई गाउँपालिकाअन्तर्गत लक्ष्मी घाटको बाँध भत्काएर बाग्मती नदी बस्तीमा प्रवेश गरेको छ । नदी बस्तीमा प्रवेशसँगै सुरक्षा निकायले सतर्क रहन स्थानीयलाई आग्रह गरेको छ । पानी पर्ने क्रम नरोकिएकोले बाढी बढ्दै गएको छ । घरको छतमा बसेका स्थानीय उद्दारको पर्खाइमा छन् । उनीहरुलाई खाना र पानीको समेत समस्या छ ।

उद्दार र राहतको समस्या परिरहेको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए ।

प्रकाशित : श्रावण २९, २०७४ १७:४५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राष्ट्रवादी पार्टी घोषणा

कान्तिपुर संवाददाता

काठमाडौं — सर्लाहीका सहजाद मियाँ मिकरानीको अध्यक्षतामा राष्ट्रवादी पार्टी घोषणा भएको छ । मिकरानीले राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गरेका हुन् ।



पार्टीको उपाध्यक्ष र महासचिवमा क्रमश: डिल्लीराम आचार्य र विनोदकुमार कुसवाहा छन् । पार्टीको सचिव राजु भट्टराई र कोषाध्यक्ष सलामुद्दिन मियाँ छन् । डा.अवुलकैसलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । पार्टीको २६ सदस्यीय केन्द्रिय समिति रहेको छ ।

प्रकाशित : श्रावण २९, २०७४ १७:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT