कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीमा डुबेर १ बालकको मृत्यु, अर्कोको उद्दार

लक्ष्मी साह

बारा — पसाहा खोलामा आएको बाढीमा डुबेर एक बालकको आइतबार मृत्यु भएको छ । अर्को एक बालकको उद्दार गरिएको छ । दुबै जना गढीमाई मन्दिर नजिक बाढीको पानीमा एकाएक फसेका थिए ।

महागढीमाई १ बरियारपुरका नुरैन मियाँको १२ बर्षीय छोरा मैफुज मियाँको मृत्यु भएको दैवी प्रकोप उद्धार समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी वीरजयनारायण मनान्धरले बताए ।

उनीसँगै रहेका उनका साथी ११ बर्षीय (नजिर हुसेको छोरा) सरफाज हुसेनलाई स्थानीयले जीवितै उद्दार गरेका छन् । जिल्लामा यो बालकसहित तीन जनाको ज्यान गएको छ ।

प्रकाशित : श्रावण २९, २०७४ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?