१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

दाउन्नेको सडक एकतर्फी खुल्यो

नवलपरासी — गत शनिबार परेको भीषण वर्षाले भत्काएको नवलपरासीको दाउन्नेको सडक एकतर्फी सुचारु भएको छ । महेन्द्रराज्मार्ग अन्तर्गत दाउन्नेमा ६ दिनदेखि अवरुद्ध रहेको सडक एकतर्फी खुलेको हो ।

दाउन्नेको सडक एकतर्फी खुल्यो

सडक भासिएका कारण एक हप्तादेखि अवरुद्ध रहेको महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकमा एकतर्फी यातायात सुचारु भएको छ ।

सडक भासिएको एसमोड नजिक तलैदेखि ढुंगा बिच्छ्याएर अस्थायी सडक निमार्ण गरिएपछि बिहान ३ बजेबाट राजमार्ग खुलेको हो । राजमार्ग खुलेपछि एकसातादेखि बर्दघाट, दुम्किबास सडकमा रोकिएका गाडी गन्तब्य तर्फ लागेका छन् । अब नियमित रुपमा एकतर्फी सडक सञ्चालन हुने छ ।

भासिएको सडक खण्डमा राजमार्ग बनाउन भन्दै मंगलबार राति १० बजेदेखि बुधबारसम्म उक्त खण्डमा आवगमन बन्द गरिएको थियो । एकतर्फी सडक सञ्चालनमा कुनै समस्या नरहेको जिल्ला प्रहरीका डिएसपी बिष्णुहरी कोइरालाले जानकारी दिए । पानी पर्नासाथ दाउन्नेको ठाउँठाउँमा पहिरो गएर यातायात अबरुद्ध हुने गरेको छ ।

उक्त ठाउँमा पहिरोले बाटो अवरुद्ध हँदा सैयौं सवारीसाधन रोकिएका थिए भने हजारौं यात्रु अलपत्र परेका थिए ।

प्रकाशित : भाद्र १, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?