कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहकारी ऐन संसदबाट चाँडै पास गर्न माग

ललितपुर — संसदमा विचाराधिन अवस्थामा रहेको सहकारी ऐन चाँडै पास गर्न पहल गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

सहकारी ऐन संसदबाट चाँडै पास गर्न माग

बुधबार सहकारी ऋण कोष वचत तथा ऋण सहकारी संस्थाको रजत जयन्तीको अवसरमा आयोजित समारोहमा राष्ट्रिय सहकारी संघका केन्द्रीय अध्यक्ष केशव बडालले अर्थ समितिबाट पास भइसकेको सहकारी ऐन संसदमा गएर रोकिएको बताए । ‘संसदबाट जति चाँडै पास गर्न सक्यो त्यतिनै सबैको भलो हुन्छ,’ उनले भने, ‘कुनैपनि सहकारी संस्था सहकारी मूल्य मान्यता सिद्धान्त अनुसार चल्नुपर्छ ।’

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष डीबी बस्नेतले सम्पूर्ण सहकारी संस्थाले स्थीरिकरण कोषमा सहभागी हुनुपर्ने बताए । ‘कोषले संस्था घरायसी हुदा सहयोग लिन मिल्छ,’ उनले भने ।

समारोहमा सहकारी क्षेत्रमा योगदान दिने सहकारी अभियन्ताहरु राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपकप्रकाश बास्कोटा, राष्ट्रिय सहकारी संघका पूर्व उपाध्यक्ष विजयराज घिमिरे, नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकाल, रोहानी जोशी, जनार्दनकृष्ण श्रेष्ठ र पम्फा राईलाई सम्मान गरिएको थियो ।

प्रकाशित : भाद्र ७, २०७४ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?