कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु

छात्रातर्फ एक उपमहासचिव र झण्डै एकसय केन्द्रीय सदस्य निर्विरोध

काठमाडौं — अखिल (क्रान्तिकारी)को २१ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको बिहीबार मतगणना सुरु भएको छ । काठमाडौं कीर्तिपुरमा बिहीबार दिउँसो मतगणना सुरु गरिएको उपाध्यक्षका प्रत्यासी एवं प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । उनले अहिले दुई ठाउँमा मतगणना भइरहेको बताए । प्रदेश ७ बाट सुरु गरिएको मतगणनाको अन्तिम परिणाम शुक्रबार साँझसम्म आइसक्ने अनुमान रहेको प्रवक्ता बस्नेतले बताए ।

अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु

अखिल (क्रान्तिकारी)को २१ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको बिहीबार मतगणना सुरु भएको छ ।

काठमाडौं कीर्तिपुरमा बिहीबार दिउँसो मतगणना सुरु गरिएको उपाध्यक्षका प्रत्यासी एवं प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । उनले अहिले दुई ठाउँमा मतगणना भइरहेको बताए । प्रदेश ७ बाट सुरु गरिएको मतगणनाको अन्तिम परिणाम शुक्रबार साँझसम्म आइसक्ने अनुमान रहेको प्रवक्ता बस्नेतले बताए । बुधबार रातिदेखि नै मतगणना हुने भनिए पनि पानी पर्ने र विद्युतीय समस्या आएकोले मतगणना आज मात्रै सुरु गरिएको हो ।

बुधबार भएको मतदानमा २ हजार २२ मतदातामध्ये १ हजार ७ सय ४ मत खसेको छ । सम्मेलन लम्बिएपछि स्नातक तह प्रथम वर्षका विद्यार्थीहरु परीक्षा दिन भन्दै घर गएपछि कम मत झरेको प्रवक्ता बस्नेतले बताए । स्नातक तहको परीक्षा भदौ १२ गतेदेखि सुरु भएको हो ।

छात्रातर्फ एक उपमहासचिव निर्विरोध

३३ पदाधिकारीमध्ये छात्रातर्फ एक उपमहासचिव पदमा आशा तमु निर्विरोध चयन भइन् । उनीसँगै झन्डै १ सय केन्द्रीय सदस्य पनि सहमतिका आधारमा निर्विरोध चयन भइसकेका छन् ।

पदाधिकारीसहित २ सय ४३ जनाको केन्द्रीय समितिअन्तर्गत अब करिब १ सय १० जना चयन हुने छन् । अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ प्रतिस्पर्धामा छन् । शर्मा गृहमन्त्री जनार्दन शर्माका भाइ हुन् भने तामाङ पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुन निकट मानिन्छन् ।

त्यस्तै चार खुला उपाध्यक्षका लागि तामाङको प्यानलबाट सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, विजय गौतम र ध्रुव ओली मैदानमा छन् भने शर्मा प्यानलमा दीपक देवकोटा, विजय हमाल, दिनेश रेग्मी र उद्धव भट्टराई छन् ।

महासचिवका लागि रञ्जित प्यानलबाट खेम सिंह र अनिलतर्फबाट उत्तम अधिकारी प्रतिस्पर्धामा छन् । जनजाति उपाध्यक्षका लागि तामाङको प्यानलबाट दिपेश पुन र शर्मातर्फबाट सुनिता किराँती मैदानमा छन् ।

क्रान्तिकारीमा पहिलोपटक निर्वाचन भएको हो ।

प्रकाशित : भाद्र १५, २०७४ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?