कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसदमा भ्रष्टचारविरुद्ध संकल्प प्रस्ताव

काठमाडौं — सांसद जनकराज जोशीले भ्रष्टाचार नियन्त्रण सम्बन्धमा व्यवस्थापिका संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्तावमा थप पाँच जना सांसदले हस्ताक्षर गरेका छन् ।

संकल्प प्रस्ताप दर्ता गराउने सांसदहरुले अनुचित कार्य सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई १५ दिनभित्र विधेयक पेस गर्न निर्देशन दिनुपर्ने माग गरिएको छ ।

संसदमा भ्रष्टचारविरुद्ध संकल्प प्रस्ताव

सांसद जनकराज जोशीले भ्रष्टाचार नियन्त्रण सम्बन्धमा व्यवस्थापिका संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्तावमा थप पाँच जना सांसदले हस्ताक्षर गरेका छन् ।

संकल्प प्रस्ताप दर्ता गराउने सांसदहरुले अनुचित कार्य सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई १५ दिनभित्र विधेयक पेस गर्न निर्देशन दिनुपर्ने माग गरिएको छ । त्यस्तै, भ्रष्टचारजन्य कार्यलाई छानविन गर्ने निकायहरु छरिएर रहेकाले तिनलाई एकीकृत गरी त्यही अनुसारको नीतिगत, कानूनी संरचना बनाउन कार्यदल पेस गर्न सरकारलाई संसदले निर्देशन दिनुपर्ने माग गरेका छन् । कार्यदलले २ महिना भित्र संसदसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने उनीहरुको माग छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित निकायलाई अझ बढी प्रभावकारी बनाउन संसदीय समिति गठन गर्ने, अख्तियार दुरुपयोग आयोगको स्वायत्ततालाई बढावा दिन छुट्टै कर्मचारी नियुक्त गर्ने कार्यकारी अधिकार दिने लगायतका माग संकल्प प्रस्तावमा गरिएको छ ।

संसदले उक्त संकल्प प्रस्ताव पारित गरेमा माग अनुरुपको निर्देशनहरु सरकारले पालना गर्नुपर्ने हुन्छ । संकल्प प्रस्तावमा सांसदहरु अकवाल अहमद साह, नरसिंह चौधरी, हर्कवोल राई र अनिताकुमारी परियार हस्ताक्षर रहेको छ ।

प्रकाशित : भाद्र १६, २०७४ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?