कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्कारपियो दुर्घटनामा मोरङमा २ को मृत्यु

अर्जुन राजवंशी

दमक — स्कारपियो दुर्घटना आइतबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका ७ गोठगाउँमा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

स्कारपियो दुर्घटनामा मोरङमा २ को मृत्यु

बिहान साढे ४ बजे बा १६ च ४७५७ नम्बरको स्कारपियो दुर्घटना भएको थियो । मृत्यु हुनेमा स्कारपियोमा सवार मोरङ पथरीशनिश्चरे नगरपालिका २ का ३२ बर्षीय रामप्रसाद राई र झापा कनकाई नगरपालिकाकी २१ वर्षीया बिमला राई रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए । दुर्घटनामा परि झापा भद्रपुर नगरपालिकास्थित पृथ्वीनगरकी १८ बर्षीया रेणु राई गम्भीर घाइते भएकी छिन् । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

पश्चिमबाट पूर्व आउँदै गरेको स्कारपियो तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक थापाले बताए । दुर्घटनामा परि स्कारपियो पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

दुर्घटनालगत्तै चालक पुण्यप्रसाद तिम्सिना फरार रहेको थापाले बताए । दुर्घटनाको प्रकृति हेर्दा चालक फरार रहेपनि उनी समेत घाइते भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?