२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

चितुवाको छाला बेचविखन गर्दैगर्दा २ जना पक्राउ

कमल पन्थी

वर्दिया — गुलरिया नगरपालिकास्थित बिजया गेस्ट हाउसको कोठा नं. २१७ मा चितुवाको छाला किनबेच भइरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

चितुवाको छाला बेचविखन गर्दैगर्दा २ जना पक्राउ

प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त विशेष टोलीले चितुवाको छाला किनबेचको अवस्थामा निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष एवं बाँसगढी-१ का जीतबहादुर देवकोटा र १२ वर्दियाका नरबहादुर शाहीलाई पक्राउ गरेको टोली प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले बताए ।
उनका अनुसार १० लाख रुपैयाँमा छाला किनबेच भइरहेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

१ फिट १० इन्च चौडा र ९ फिट इन्च लम्बाई छाला वैतडी चिसापानी भोडीगाउँ हुँदै गुलरिया ल्याएको प्रहरीले बताएको छ । केही सोधपुछ पछि पक्राउ परेकालाई जिल्ला वन कार्यालयमा बुझाइने प्रहरी निरीक्षक सिंहले जनाए ।

प्रकाशित : भाद्र २४, २०७४ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?