कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेतामा बोहरा

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को संसदीय दलको नेतामा दीपक बोहरा सर्वसम्मत चयन भएका छन् । राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको आइतबार चाबहिलमा बसेको बैठकले दलको नेतामा बोहरा र उपनेतामा विक्रम पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो । पूर्वमन्त्री बोहरा यसअघि राप्रपा नेपाल र राप्रपाबीचको एकीकृत पार्टीमा दलको उपनेता थिए ।

राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेतामा बोहरा

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को संसदीय दलको नेतामा दीपक बोहरा सर्वसम्मत चयन भएका छन् ।

राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको आइतबार चाबहिलमा बसेको बैठकले दलको नेतामा बोहरा र उपनेतामा विक्रम पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो । पूर्वमन्त्री बोहरा यसअघि राप्रपा नेपाल र राप्रपाबीचको एकीकृत पार्टीमा दलको उपनेता थिए । त्यसभन्दा पहिले राप्रपामा दलको नेता नै थिए ।

राप्रपा प्रजातान्त्रिकबाट संसद्‌मा १८ जना सांसद्ले प्रतिनिधित्व गर्छन् । सत्तासमर्थित राप्रपा प्रजातान्त्रिक छिट्टै सरकारमा सहभागी हुने नेता बोहराले कान्तिपुरलाई बताए ।

कमल थापा नेतृत्वसँग अलग भएपछि पशुपति शमशेर राणाले राप्रपा प्रजातान्त्रिक गठन भएका हुन् ।

प्रकाशित : भाद्र २५, २०७४ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?