प्रमुख निर्वाचन आयुक्त भन्छन्, ‘प्रधानमन्त्रीलाई सम्झाउने मात्रै हो, कारबाही गर्न मिल्दैन’

तडकभडक गर्ने उम्मेद्वारहरुको उम्मेद्वारी नै रद्द गर्ने चेतावनी
कान्तिपुर संवाददाता

काठमाडौं — प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेदवारहरुको उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका छन् । यादवले उम्मेदवारहरुले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेदवार नै रद्द गरिदिने चेतावनी दिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेदवारहरुको उम्मेदवारीनै रद्द गर्ने चेतावनी दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारहरुले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेदवार नै रद्द गरिदिने चेतावनी दिएका हुन् । ‘चुनावमा उम्मेदवारहरुले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्म हामीले कुनै प्रमाण फेला पारेका छैनौं,’ उनले भने, ‘यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी अन द स्पट कारबाही गर्छौं, उम्मेदवारहरुको उम्मेदवार नै खारेजसम्म गरिदिन्छौं ।’

निर्वाचन आचारसंहिता जारी अवस्थामा सरकारले हालै गरेको मन्त्रिमण्डल विस्तारमा आयोगको ध्यानाकर्षण भएको भन्दै उनले आफूले प्रधानमन्त्रीलाई कारबाही गर्न नमिल्ने भनाइ राखे। ‘के गर्नु प्रधानमन्त्रीलाई कारबाही गर्नु भएन, यसबारेमा हाम्रो ध्यानाकार्षण भएको छ, बस त्यती हो,’ उनले भने ।

प्रकाशित : भाद्र २८, २०७४ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्

काली र हेमन्त मोडलसहित लन्डनमा

कान्तिपुर संवाददाता

काठमाडौं — लन्डन । यतिखेर ‘लाइमलाइट’मा रहेका संगीतकार कालीप्रसाद बास्कोटा, गायक हेमन्त राना र ‘हट एन्ड बोल्ड’मोडल सुष्मा कार्की मंगलबार साँझ लन्डन आइपुगेका छन् ।

श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपले गर्न लागेको विजया दशमी शुभकामना साँझका लागि कलाकार बेलायत आएका हुन् । तीनैजना कलाकारका लागि बेलायत पहिलो भ्रमण हो । उनीहरु उत्साहित छन् ।

हिथ्रो टर्मिनल फोरमा उत्रिँदा कलाकारलाई आयोजकहरु सिद्धार्थ विक्रम क्षेत्री एवं नेप्लिज इन्टरटेन्मेन्ट ग्रुपका वीरेन खड्का, अनिल मल्ल, दीपक खड्का, अनिल आचार्यलगायतले स्वागत गरे । 'निर जहिले रिसाउने', 'पारि त्यो डाँडामा हेर', 'लैजाउ घुमाउन मलाई ठमेल बजार'जस्ता हिट गीतका सर्जक
संगीतकार तथा नेपाल आइडलका निर्णायक बास्कोटा, 'सुन साइँली साइँली परदेशबाट म आउँला' गीतका गायक राना अनि ‘हट एन्ड बोल्ड’मोडल कार्की सहभागी दसैं शुभकामना साँझ मनोरन्जनको एउटा प्याकेज भएको आयोजकले बताएका छन् ।

ती कलाकारहरुको कार्यक्रम यही शुक्रबार १५ सेप्टेम्बर साँझ अल्डरटस्थित एम्पायर हलमा, १७ सेप्टेम्बरका दिन लन्डन साउथ हयारोको ह्यारो बरो फुटबल क्लब, २३ सेप्टेम्बरमा रेडिङस्थित किनकि कोला, २४ सेप्टेम्बरमा आसफोर्ड नोर्टन न्याचबुल स्कुल हल एवं १ अक्टोबरका दिन गेटवे हाउस उलवीच लन्डनमा हुने तय भइसकेको छ ।

प्रकाशित : भाद्र २८, २०७४ १७:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्