कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावी सभालाई सम्बोधन गर्दागर्दै अस्वस्थ बने निधि

सन्तोष सिंह

धनुषा — नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि चुनावी सभा सम्बोधन गर्दागर्दै अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दागर्दै अस्वस्थ बने निधि

जनकपुरमा बिहीबार बिहान कांग्रेसका उम्मेदवारहरुसँगै र्‍यालीमा सहभागी भएका निधि जनकचोकमा सभा सम्बोधन गर्दैगर्दै अस्वस्थ बनेका थिए । उनीको अवस्था बिग्रिएपछि जनकपुर अञ्चल अस्पताल भर्ना गराइएको हो ।
 
खानपान समयमा नहुँदा ग्यास्ट्रिकको समस्याले अस्वस्थ्य भएको जनकपुर अञ्चल अस्पतालका डा.जामुन प्रसाद सिंहले बताए । 'ग्यासको समस्याले घाममा मुर्छा पर्नुभयो,' डा. सिंहले भने, ‘अञ्चल अस्पतालमा उपचार पछि अरामका लागि घर पठाइएको छ ।’ 

अत्याधिक गर्मीका कारण नेता निधिको स्वास्थ्यमा समस्या आएको प्रचार प्रसारमा सँगै रहेका नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवले बताए । 

प्रकाशित : भाद्र २९, २०७४ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?