कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै सुरु भएन गरुडाको मतगणना, फेरिए निर्वाचन अधिकृत

पवन यादव

रौतहट — गरुडा नगरपालिकाको वडा नं. ३ को मतगणना विवाद समाधान गर्न नसकेको भन्दै निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई फिर्ता बोलाएको छ ।

अझै सुरु भएन गरुडाको मतगणना, फेरिए निर्वाचन अधिकृत

विवादमा परेका निर्वाचन अधिकृत नवीन कुमार जोशीलाई बिहीबार फिर्ता बोलाएर रोकिएको मतगाणना सुरु गराउन जिल्ला अदालतका श्रेस्तेदार चिन्तामणि शर्मालाई निर्वाचन अधिकृत बनाएर शुक्रवार पठाएको छ ।

बुधवार बिहान साढे ६ बजे देखि रोकिएको मतगाणना सुचारु गराउन अहिले सर्वदलीय बैठक बसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस अघि ईशनाथ नगरपालिकाको निर्वाचन अधिकृत रहेर मतगणना बिहीबार सम्पन्न गराएर फर्केका शर्मा फेरी दोहोर्‍याएर गरुडाको निर्वाचन अधिकृतको जिम्मेवारी पाएका हुन ।

एक मतले हारेको माओवादी प्रतिनिधिले अन्तिमको १ सय ३० मत दोहोर्‍याएर गन्नु पर्ने माग गरेको छ । अर्कोतिर जितेको कांग्रेस पतिनिधिले गणना गरी सकेको मत किन गर्नुपर्ने भन्दै अडान राखेको छ । विवाद आयोगमा पुगेकोले आयोगले जे निर्णय गर्छ त्यो हामी मान्न तयार छौं भन्दै कांग्रेसका प्रतिनिधि पनि अहिले लचिलो भएको निर्वाचन अधिकृत शर्माले बताए ।

‘आयोगको निर्णय लिखित रुपमा पठाउन माग गरेको छु’ नयाँ निर्वाचन अधिकृत शर्माले भने, ‘११ बजेसम्ममा निर्णय पठाई दिने आयोगबाट जनाकारी पाएको छु ।’ निर्णय आउने बित्तिकै मतगणना सुरु गरिने उनले बताए । पुरानो विवाद नटुंगिएसम्म काम थाल्न नसकिने उनले बताए । आयोगको निर्णयलाई पर्खेर बसेको बताए ।

प्रकाशित : आश्विन ६, २०७४ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?