कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेप्सीकोलाको मनोहरा पुल नजिक प्रहरी र गुण्डाबीच गोली हानाहान

एक घाइते अन्य फरार
जनकराज सापकोटा

काठमाडौं — काठमाडौंको पुरानो सिनामंगलस्थित पेप्पसीकोलाको मनोहराको पुल नजिक प्रहरी र गुण्डाको समुहबीच गोली हानाहान भएको छ । गोली हानाहान हुँदा प्रहरीको गोली लागि रामेश्वर गौतम घाइते भएका छन् ।



हतियारसहित गुण्डाहरु भेला भएको सूचना पाएर उक्त स्थानमा पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोली माथि तीन/चारजनाको समूहमा रहेका गुण्डाहरुले अकस्मात दुई राउण्ड गोली चलाएपछि प्रहरी टोलीले पनि जवाफी कारबाहीमा गोली चलाएको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।

एसएसपी लोहनीका अनुसार घुँडामुनी गोली लागि घाइते भएका गौतम चक्रेमिलन समूहका हुन् । घाइते गौतमलाई उपचारका लागि प्रहरीले हिरासतमा लिएर वीर अस्पतालको ट्रमा सेन्टर लगेको छ । घटनापछि फरार रहेका अन्य गुण्डाहरुको खोजी भइरहेको छ । 'पक्राउ परेका गाैतम चक्रेकाे खास मान्छे हाे । फरार सबै चक्रे ग्याङका नै हुन्,' एसएसपी लाेहनीले भने ।

 

प्रकाशित : आश्विन ६, २०७४ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?