दुर्घटनामा २ जनाको मृत्यु

सन्तोष सिंह

धनुषा — धनुषाको लक्ष्मीनियामा सवारी दुर्घटनमा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राती १० बजे जनकपुरबाट ढल्केबर तर्फ जादै गरेको ज४प ४४६२ नम्बरको मोटर साइकल र जनकपुर तर्फ आउदै गरेको पिकअप भ्यान एकआपसमा ठोकिंदा मोटर साइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुर धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिनन्दन चौधरीले बताए ।

दुर्घटनामा २ जनाको मृत्यु


 
दुघर्टनामा मोटर साइकलमा सवार धनुषा हंसपुर–३ का ३४ वर्षीय शिवकुमार चौधरी र मोटर साइकल पछाडी सवार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले बताए । मृतक महिलाको पहिचान हुन सकेको छैन । 

ठक्कर दिने पिकअप भ्यानका चालक सत्यनरायण राउतलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका राउत मदिरा सेवन गरी पिकअप भ्यान चलाएका थिए । उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । 

प्रकाशित : आश्विन १४, २०७४ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?