कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा विश्व शेर्पा सम्मेलन हुँदै

कान्तिपुर संवाददाता

काठमाडौं — विश्व शेर्पा सम्मेलन अगामी आइतबारदेखि तीन दिनसम्म काठमाडौंमा हुँदैछ । यसका लागि विभिन्न मुलुकबाट प्रतिनिधिहरु आउने क्रम सुरु भएको आयोजक समितिका स‌ंयोजक तथा नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पाले जानकारी दिएका छन् ।

काठमाडौंमा विश्व शेर्पा सम्मेलन हुँदै

असोज २२ गते होटल र्‍याडिसनमा उद्घाटन गरिने सम्मेलनको दोस्रो र तेस्रो दिन बौद्ध टुसालस्थित शेर्पा गुम्वाको अण्डर ग्राउण्ड हलमा हुने छ । सम्मेलनको पहिलो दिन उद्घाटनका साथै प्रधानमन्त्री शेरबहादुर देउवाकोबाट भुकम्प पीडितलाई सहयोग पुर्याउने मुलुकका शेर्पा किदुङहरु, शेर्पा संघ/संस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी दोस्रो दिनको कार्यक्रममा हालै सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचित शेर्पा नगरका मेयर तथा उपमेयरहरु, गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु र वडा अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी शेर्पा भाषा, धर्म र सस्कृति , शिक्षा, आर्थिक मितव्ययिता, लगानीको अवसर, सञ्चार, राजनीतिक र ग्लोबल वार्मिङलगायतका विभिन्न विषयहरुमा कार्यपत्र सहित व्यापक छलफल हुने छ । तेस्रो दिन विश्व शेर्पा शेर्पा संघ तद्धर्थ समितिले तयार पारेको मस्यौद विधानमाथि छलफल गरि घोषणा पत्र जारी गदै विश्व शेर्पा संघ नयाँ कार्यसमिति चयन गर्नेछ ।

सम्मेलनमा करिब डेढ दर्जन भन्द बढि मुलुकमा रहेका शेर्पा किदुग र शेर्पा संघलगायतबाट ३ सय भन्द बढि प्रतिनिधिहरु सहाभागी हुने पनि संयोजक शेर्पाले जानकारी गराए । उनले दिएको जानकारी अनुसार सबैभन्द बढि सिक्किमबाट १८ जना र अमेरिकाबाट १९ जना प्रतिनिधि उपस्थिति हुने छन् । सम्मेलनमा अमेरिका, बेलfयत, अन्य यूरोपेली मुलुकहरु तथा अष्ट्रेलियालाई २ सय डलर ( २० हजार नेपाली रुपियाँ) र खाडी मुलुकहरु तथा पूर्वी एसियाबाट प्रतिनिधित्व गर्नेहरुलाई १ सय डलर ( १० हजार रुपैयाँ ) सहाभागी शुल्क तोकिएको छ । त्यस्तै सिक्किम, दार्जिलिङ र भारतका अन्य स्थानबाट आउनेहरुलाई ५ हजार नेपाली रुपियाँ तोकिएको छ । नेपालमा रहेका विभिन्न शेर्पा संघसस्थाका प्रतिनिधिहरुलाई २ हजार नेपाली रुपियाँ तोकिएको छ ।

प्रकाशित : आश्विन १६, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?