कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद चौधरी नेका प्रवेश

कान्तिपुर संवाददाता

जनकपुर — मालेका समानुपातिक सांसद शिवचन्द्र चौधरी शुक्रबार आफ्नो पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस पूर्व महामन्त्री विमलेन्द्र निधिको मिल्स एरियास्थित निवासमा आयोजित समारोहबीच उनी कांग्रेस प्रवेश गरेका हुन् ।

सांसद चौधरी नेका प्रवेश

मंसिरमा हुने प्रदेश र संसदको निर्वाचनलाई लक्षित गरी पार्टी छाड्ने र प्रवेश गर्ने क्रम अचेल ह्वातै बढेको छ । धनुषा क्षेत्र नम्बर-३ बाट संसदीय उम्मेदवारी दिने घोषणा गरेका पूर्वमन्त्री विमलेन्द्र निधिको प्रयासमा एक साता  अन्य पार्टीका नेता तथा कार्यकर्ता विभिन्न  पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।

गत आइतबार मिष्ठान्न व्यावसायी हंसराज साह तथा राकेश विक्रम साहसँगै विभिन्न क्लवसँग आवद्ध सयौं युवाहरु कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गर्ने हंसराज फोरम लोकतान्त्रिको टिकटमा जनकपुर उपमहानगर पालिकाको मेयर पदका उम्मेदवार थिए भन्ने राकेश किक्रम उपमेयर पदका स्वतन्त्र उम्मेदवारको रुपमा चुनावमा प्रतिष्पर्धा गरेका थिए । उनले झण्डै २ हजार ७ सय मत प्राप्त गरेका थिए । यसैगरी जनकपुर युथ क्लवका अध्यक्ष गोविन्द राय चन्दन तथा दशरथ युवा कमिटीका अध्यक्ष लव झा पनि कांग्रेस प्रवेश गरेका थिए । 

प्रकाशित : आश्विन २०, २०७४ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?