कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस र एमालेद्वारा उम्मेदवार सिफारिस

माओवादी, राप्रपा र नेमकिपा छलफलमै
लीला श्रेष्ठ

भक्तपुर — कांग्रेस र एमाले भक्तपुरले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका आकांक्षी उम्मेदवारको नाम पार्टी केन्द्रीय समितिमा सिफारिस गरेका छन् । कांग्रेसले क्षेत्र नं. १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ बाबुराजा जोशी, नवराज दाहाल, यादवप्रसाद अधिकारीको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ अम्बिकादेवी झा ‘शारदा’, सुभद्रा काफ्ले, पुरुषोत्तम लामिछाने र गणेशकुमार प्रजापतिको नाम सिफारिस भएको जिल्ला सचिव उद्धव सिलवालले जानकारी दिए ।

यसैगरी, कांग्रेसले क्षेत्र नं. २ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ जिल्ला सभापति दुर्लभ थापा, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, कवीर राणा, सांसद रामेश्वर ढुंगेल, माथवरसिंह बस्नेत, भेषबहादुर कार्की र सांसद मनमोहन भट्टराईको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ रामप्रसाद दवाडी, अच्युतप्रसाद मिश्र र गौरी खड्का केसी सिफारिसमा परेका छन् ।

एमालेले क्षेत्र नं. १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ कृष्णराम गेलाल, प्रेम श्रेष्ठ र नारायणी दंगालको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ केदार अधिकारी, नारायणभक्त बाटी र मन्दरा मिश्रको नाम सिफारिस गरिएको छ । २ नं. मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्वउद्योगमन्त्री महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरिएको छ भने समानुपातिकतर्फ गणेशबहादुर खत्री, निर्मल भट्टराई र मालती पौडेलको नाम सिफारिस भएको छ ।

यता प्रदेशसभातर्फ कांग्रेसले निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नं. १ चाँगुनारायणबाट प्रत्यक्षतर्फ क्षेत्रीय सभापति जीवन खत्री, प्रवीण वन, कृष्णलाल भँडेल, मनोजकुमार थापा, धर्मराज थापामगर, सुरेश श्रेष्ठ, किरण न्यौपाने र यज्ञविक्रम थापाको नाम सिफारिस गरेको जनाएको छ । समानुपातिकतर्फ सरु बानियाँ, हरिप्रसाद नेपाल, विजेश अवाल, शंकरप्रसाद गौतम, रूपा थापा, शिवप्रसाद मुनकर्मी, राधा कार्की, गंगालक्ष्मी अवाल, संगीता फुयाल, विजयालक्ष्मी सुवाल, सावित्री लामिछाने, सानुमान लामा तामाङको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. १ कै प्रदेश २ भक्तपुरबाट प्रत्यक्षतर्फ रवीन्द्र प्रधान, नारायणप्रसाद तमखु, अनिल भुजु, समानुपातिकतर्फ रजनी जोन्छे, दयामान कर्माचार्य, रमा शिल्पकार, रञ्जना कक्षपति, सुन्दर भेले, धर्मरत्न खाइतु, किरण शिल्पकार र सुरेशराज भण्डारीको नाम सिफारिस भएको छ । त्यसैगरी, एमालेले प्रदेशसभातर्फ क्षेत्र नं. १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नं. १ चाँगुनारायणबाट प्रत्यक्षतर्फ हरिशरण लामिछानेको नाम सर्वसम्मत सिफारिस गरेको छ भने समानुपातिकतर्फ सावित्री थापा, शिवराम तिमल्सिना र राजु सुवेदीको नाम सिफारिस भएको छ । क्षेत्र नं. १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नं. २ भक्तपुरबाट प्रत्यक्षतर्फ रोमन शिलाकार तथा समानुपातिकतर्फ माइलाबाबु देउला, रञ्जु नापित र सरस्वती बाटीको नाम सिफारिस भएको प्रदेश कमिटी सचिव भाइकृष्ण श्रेष्ठले जानकारी दिए ।

जिल्लाको क्षेत्र नं. २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नं. १ सूर्यविनायकबाट कांग्रेसले प्रत्यक्षतर्फ पार्टी सचिव उद्धव सिलवाल, नारायण खायमली, अंगद खडका, सुशील बस्नेत, कृष्णमुरारी न्यौपाने, रामगोपाल न्यौपाने, शंकर केसी, विदुरमानसिंह बस्नेत, विनोद ढुंगेल र सुनील ठकुरीको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ राजनकाजी त्वाती, पूर्ण नेपाली बिसुङ्खे, रोजी बिसुङ्खे, शशि बस्नेत, नीलकमल ध्वजु, सावित्री कार्की, ललिता धिताल पोखरेल, विजया शर्मा कोइराला र हीरालक्ष्मी कोजुको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र नं. २ मध्यपुर थिमिबाट प्रत्यक्षतर्फ पूर्वसभापति गणेशमान चक्रधर, सन्तोष भट्टराई, महासमिति सदस्य मदनकृष्ण श्रेष्ठ, मध्यपुरनगर सभापति सुरेन्द्र श्रेष्ठ, महेश श्रेष्ठ, मुरारीप्रसाद आचार्य, गोकुल शर्मा, केदार खड्का र गणेशमान कुटुको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ जीवन सिजापति, उर्मिला वन, सीताराम दुगु, ओमप्रकाश श्रेष्ठ, भगवती अधिकारी र कल्पनादेवी पोखरेलको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नं. १ सूर्यविनायकबाट एमालेले प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष राजेन्द्र राजथला र शशिजंग थापाको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ चित्रबहादुर अछामी, धु्रवराज विष्ट र सरिता भट्टराईको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नं. २ मध्यपुर थिमिबाट प्रत्यक्षतर्फ एमाले जिल्ला उपाध्यक्ष बचन देउजाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ चन्दनकृष्ण श्रेष्ठ, दीपेन्द्र थापा र सुशीला सुवेदीको नाम सिफारिस गरिएको छ । यता, माओवादी केन्द्रले भने पार्टीको पोलिटब्युरो बैठकपछि मात्र निर्णय हुने जनाएको छ । नेमकिपा, राप्रपालगायतका दलहरूले पार्टीभित्र बैठक बसिरहेको र निर्णय हुन बाँकी रहेको जनाएका छन् ।

प्रकाशित : आश्विन २१, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?