कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहित्य साधक जगदीशशमशेर रहेनन्

कान्तिपुर संवाददाता

काठमाडौं — लेखकीय प्रयोग र सिर्जनाका हिसाबमा अब्बल मानिने साहित्यकार जगदीशशमशेर राणाको ८८ वर्षको उमेरमा सोमबार भारतको चण्डीगढमा निधन भएको छ ।

साहित्य साधक जगदीशशमशेर रहेनन्

एक वर्षयता श्वासप्रश्वासको रोगबाट ग्रसित राणा लामो समयदेखि भारतको हिमाञ्चल प्रदेशस्थित सिमलामा निर्वासित जीवन बिताइरहेका थिए । २०१७ सालमा राजा महेन्द्रले चालेको पञ्चायती कदमको खुलेर विरोध गर्ने क्रममा जेलनेलसँगै जिउज्यान सुरक्षामा भारत गएका राणा कला, संस्कृति र साहित्यमार्फत नेपालसँग निकटताको सम्बन्धमा थिए । 

बबरशमशेरका नाति तथा मृगेन्द्रशमशेरका छोरा हुनाले राणामा राणाकालीन वंशजको चिनारी पनि उत्तिकै रहिआएको थियो । ‘नरसिंह अवतार’ काव्यका लागि २०३७ सालमा मदन पुरस्कार पाएका जगदीशका ‘नाचगानको राजधानी भक्तपुर’, ‘सेतो ख्याक’, ‘उत्तर आधुनिकता र बाहुल्य विस्फोट’ लगायत कृति प्रकाशित छन् । राणाका श्रीमती, एक छोरा र तीन छोरी छन् । 

 

प्रकाशित : आश्विन २४, २०७४ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?