कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

[अपडेट] धादिङमा बस दुर्घटनामा घाइते एकको मृत्यु, ४२ जना घाइते, ६ को अवस्था गम्भीर

हरिहरसिंह राठौर

धादिङ — गुम्दीबाट सदरमुकाम आउँदै गरेको बस नीलकण्ठ नगरपालिका-१२ सांकोष पशुपतिडाँडामा मंगलबार दिउँसो बस दुर्घटना हुँदा एकजनाको मृत्यु र ४२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

[अपडेट] धादिङमा बस दुर्घटनामा घाइते एकको मृत्यु, ४२ जना घाइते, ६ को अवस्था गम्भीर

तीव्रगतिमा आएको बा ३ ख ४७८ नम्बरको यात्रुवाहक बस मोडमा दुर्घटना भएहो छ । दुर्घटमा परी सख्त घाइते गंगाजमुना गाउँपालिका–३ का ५० वर्षीय होमबहादुर घलेको उपचारार्थ काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइतेलाई जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका काठमाडौं पठाइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङबेंसीमा उपचार भइरहेको छ ।

....................

गुम्दीबाट सदरमुकाम आउँदै गरेको बस मंगलबार अपराह्न नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोष पशुपतिडाँडामा दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । घाइते भएका ४३ मध्ये ७ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बा ३ ख ४७८ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ । गम्भीर घाइतेलाई जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका काठमाडौं पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अन्य घाइतेको जिल्ला अस्पताल धादिङबेंसीमा उपचार भइरहेको छ ।

प्रकाशित : आश्विन २४, २०७४ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?