कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८५ वर्षीयद्वारा १० वर्षीया बालिका बलात्कृत

सुदीप कैनी

गोरखा — भीमसेन गाउँपालिका–६ बोर्लाङमा ८५ वर्षीय वृद्धले १० वर्षीया बालिकालाई पटक/पटक बलात्कार गर्दै आएको खुलासा भएको छ ।

१० रुपैंया नगद दिने प्रभोलनमा बोर्लाङ झिगटेका नुरमहमद् मियाँले बालिकालाई बलात्कार गर्दै आएको पीडित परिवारले जनाएको छ । बुधबार दिउँसो पनि मियाँले बालिकालाई बलात्कार गरेको स्थानीय महिलाले प्रत्यक्ष देखेपछि मात्र प्रहरीमा खबर पुगेको थियो । प्रहरीले बालिकाको उद्धार गरेर गोरखा अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो । 

परिवारको किटानी जाहेरीपछि बिहिवार मियाविरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता गरिएको छ  । उनी बुधबार नै प्रक्राउ परेका थिए ।

प्रहरी अनुसन्धानमा उनले बालिकालाई तेस्रो पटक बलात्कार गरेपछि मात्रै घटना सार्वजनिक भएको खुलेको छ । 

प्रकाशित : आश्विन २६, २०७४ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?