कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ किलो चाँदीसहित भारतीय पक्राउ

कान्तिपुर संवाददाता

महोत्तरी — जनकपुरबाट भारततर्फ मोटरसायकलमा जाँदै गरेका एक भारतीय नागरिकलाई १५ किलो चाँदीसहित प्रहरीले पक्राउ गरेको छ । भारतको सितामरही जिल्लास्थित परियार प्रखण्डको सिरसियाका २९ वर्षीय मुकेश कुमार महतो सुडीलाई पक्राउ गरेको हो ।

महतो बिआर०६एएच ९२३९ नम्बरको भारतीय मोटरसाइकलमा भारतर्फ जाँदै गरेको अबस्थामा मनरा सिस्वा नगरपालिका ४ मनरामा गस्तिमा खटिएको प्रहरीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा चाँदी बरामद भएपछि नियन्त्रणमा लिइएको महोत्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

महतोले सेतो कपडाको गोजी नै गोजी भएको इष्टकोट लगाएर २ किलो ५ सय ग्रामको ६ वटा काँचो चाँदी भरिएको प्लाष्टिकको प्याकेट राखेर माथिबाट लुगाएको अबस्थामा नियन्त्रणमा लिएको उनले सुनाए ।

उनलाई बरामद चाँदीसहितको सामग्रीसहित महतोलाई कारबाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैयामा बुझाएको प्रहरी उपरीक्षक कडायतले बताए ।

प्रकाशित : आश्विन २६, २०७४ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?