१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

डा. केसीको समर्थनमा भोलि खबरदारी र्‍याली

कान्तिपुर संवाददाता

काठमाडौं — चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा भोलि शनिकार काठमाडौंमा खबरदारी र्‍याली आयोजना हुने भएको छ । १२ बजे माइतीघर मण्डलामा हुने र्‍याली बानेश्वर पुगेर टुंगिनेछ ।

डा. केसीको समर्थनमा भोलि खबरदारी र्‍याली

सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले र्‍याली आयोजनागर्न लागेको हो ।

माथेमा प्रतिवेदनको भावनाअनुरुप चिकित्सा शिक्षा ऐन सांसदबाट पास गर्नुपर्ने केसीको माग पूरा नगरी आज संसद अन्त्य हुँदैछ ।

भोलिको दबाव र्‍याली चिकित्सा शिक्षा ऐनको विरोध गर्ने सांसदहरु र भ्रष्टाचारको मुद्दामा केन्द्रित हुने आयोजकले जनाएको छ ।

डा. केसीले १३ औं पटक अनसन सुरु गरेको आज ९ औं दिन हो ।

प्रकाशित : आश्विन २७, २०७४ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?