कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने कार्कीको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौं — गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा टिबी कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएका सल्लाहकार रहेका कार्की यसअघि अध्यक्ष शेष घलेसँग प्रतिस्पर्धा गरेका थिए । उनी उपाध्यक्ष भइसकेका छन् ।

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने कार्कीको घोषणा

कतारमा व्यवसाय गरिरहेका कार्कीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसअघि अध्यक्षमा भवन भट्ट र जमुना गुरुङले उम्मेदवारी दिने घोषणा गरेका थिए । ‘एनआरएनएको अभियानमा झण्डै १२ वर्षदेखि निरन्तर रुपमा सक्रिय रहँदै विभिन्न सामाजिक संघसंस्थाहरुको अनुभव, ज्ञान र सीपलाई संगाल्दै सम्पूर्ण एनआरएनको हितमा क्रियाशील छु’, उनले भने,‘संस्थाको हित र मूल्य मान्यतालाई आत्मसात गर्दै सामूहिक नेतृत्वसँगै संस्थागत निर्णय कार्यान्वयनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ ।’उनले सातौं महाधिवेशनमा अध्यक्ष घलेसँग केही मतान्तरले पराजय बेहोरेका थिए ।

कार्कीले कामदारको सुरक्षा र राहतको लागि एनआरएनएको कोष स्थापना गर्ने, हजारे अभियानलाई व्यवस्थित गर्दै कार्यसम्पादन गर्ने, पूर्ण अधिकारसहितको गैरआवासीय नेपालीका लागि नागरिकता पहल गर्ने, सरकारसँग समन्वय गरी विद्यालय र नेपाली सांस्कृतिक केन्द्रको स्थापना गर्नेलगायत एजेन्डा अघि सारेका छन् । त्यस्तै एनआरएनद्वारा भूकम्पबाट प्रभावित क्षेत्रका आवाजस पुनर्निर्माणलाई छिट्टो सम्पन्न गर्दै एक वर्षभित्रमा हस्तान्तरण गर्ने, गैरआवसीय नेपालीको मताधिकारको व्यवस्था सुनिश्चित गर्न पहल गर्ने, श्रम सम्झौतामा पहल गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।  

प्रकाशित : आश्विन २७, २०७४ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?