कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेटिङ मिलाएर चिम्पान्जी, बाँदर र चरा तस्करी

तीन भारतीय, एक पाकिस्तानी र तीन जना नेपालीलाई वन कार्यालयले अनुसन्धान सुरु गर्‍यो
अब्दुल्लाह मियाँ

काठमाडौं — चरासँगै दुर्लभ चिम्पान्जी र बाँदर तस्करी गरेको अभियोगमा जिल्ला वन कार्यालय काठमाडौंले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।

वन कार्यालय काठमाडौंले दुई नेपाली, तीन भारतीय र एक पाकिस्तानी नागरिकमाथि वन्यजन्तु र चरा ओसार पसार गरेको अभियोगमा अनुसन्धान सुरु गरेको जिल्ला वन अधिकृत (डीएफओ) डा.इन्द्रप्रसाद सापकोटाले कान्तिपुरलाई बताए ।

सेटिङ मिलाएर चिम्पान्जी, बाँदर र चरा तस्करी

चरासँगै दुर्लभ चिम्पान्जी र बाँदर तस्करी गरेको अभियोगमा जिल्ला वन कार्यालय काठमाडौंले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।

वन कार्यालय काठमाडौंले दुई नेपाली, तीन भारतीय र एक पाकिस्तानी नागरिकमाथि वन्यजन्तु र चरा ओसार पसार गरेको अभियोगमा अनुसन्धान सुरु गरेको जिल्ला वन अधिकृत (डीएफओ) डा.इन्द्रप्रसाद सापकोटाले कान्तिपुरलाई बताए ।

बारा डुमरबाना स्थायी घर भई कपन बस्दै आएका ४२ वर्षिय राजकुमार तिवारी, पाकिस्तान कराँचीका ५५ वर्षिय जावेद अस्लम खान, भारतको लखनउ स्थायी घर भएका ३५ वर्षिय चाँद बाबु मोहम्मद शरीफ, भारतको बिहार पटनाका ५४ वर्षीय मोहम्मद फइम, पटना स्थायी घर भई स्वयम्भु बस्दै आएका ३४ वर्षीय मोहम्मद उश्मान र चराचुरुङी र वन्यजन्तु राखिएको कामनपा ३ बाँसबारीका ४० वर्षिय सञ्जीव भारीमाथि अनुसन्धान अघि बढाइएको हो । ६ जना मध्ये मोहम्मद उश्मान पटक–पटक वन्यजन्तु तस्करीमा समातिएर कारबाही भोगेका व्यक्ति हुन् । उनीहरुबारे अनुसन्धान गर्न वन कार्यालयले सहायक वन अधिकृत उत्सव थापालाई जिम्मेवारी दिएको छ ।

उनीहरुले मंगलबार त्रिभुवन विमानस्थलबाट २ वटा चिम्पान्जी, पाँच वटा बाँदर (नेपालमा नपाईने प्रजाति) र चरासहित सेटिङ मिलाएर भारीको घरमा लगिसकेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले तीन वन्यजन्तुसहित ६ जनालाई मंगलवारै समातेको थियो । सीआईबीले बुधवार उनीहरु र वन्यजन्तु वन कार्यालय काठमाडौं बुझाएको डीएसपी अनुपम राणाले बताए । चिम्पान्जी र बाँदरको प्रजाति अनुसन्धान गर्न अहिले चिडियाखाना पठाइएको छ ।

प्रकाशित : कार्तिक १, २०७४ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?