कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकल जुद्धा एकको मृत्यु, ४ घाइते

कान्तिपुर संवाददाता

विराटनगर — मोरङको बेलबारी नगरपालिका-७ कसेनीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

चारजना घाइते भएका छन् । बा ७ प ७२७७ नम्बर मोटरसाइकलले ठक्कर दिँदा को १३ प ८०३३ नम्बर मोटरसाइकलमा सवार स्थानीय ३२ वर्षीय राजकुमार कार्कीको गाएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार केदार कार्की, मनबहादुर तामाङ, शारदा बिश्ट र एक बालिका घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ४, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?