कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटमा कांग्रेसका पुरानै नेताद्वारा मनोनयन दर्ता

महत क्षेत्र नं १ र केसी २ बाट उम्मेदवार
कान्तिपुर संवाददाता

नुवाकोट — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता भएको छ । आइतबार बिहान १० बजेदेखि पहिलो चरणको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको काम सुरु भएको हो ।

नुवाकोटमा कांग्रेसका पुरानै नेताद्वारा मनोनयन दर्ता

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता भएको छ ।

आइतबार बिहान १० बजेदेखि पहिलो चरणको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको काम सुरु भएको हो ।

लोकतान्त्रिक र वाम गठबन्धनले उम्मेदवार दर्ता गराएका छन् । पहिलो चरणमा जिल्लाको प्रतिनिधिसभा क्षेत्र न. १ बाट कांग्रेसका डा. रामशरण महत र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हितबहादुर तामाङ र क्षेत्र न. २ बाट कांग्रेसका अर्जुनरसिंह केसी र एमालेका नारायणप्रसाद खतिवडाले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी क्षेत्र न. १ को क बाट कांग्रेसका महेन्द्र थिङ र माओवादी केन्द्रकी राधिका तामाङले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी ख बाट कांग्रेसका तर्फबाट रमेशकुमार महत र एमालेका तर्फबाट बद्री मैनालीले मनोनयन दर्ता गराएका छन् ।

क्षेत्र न. २ को क बाट कांग्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केसी र एमालेका केशवराज पाण्डे छन् भने ख बाट कांग्रेसका जगतबहादुर तामाङ र माओवादी केन्द्रका तर्फबाट हिरानाथ खतिवडा छन् ।

त्यसैगरी संघ र प्रदेशमा राप्रपा प्रजातान्त्रिक, विवेकशिल साझा, देशभक्त जनगणतान्त्रिक मोर्चा, माले, मंगोल नेसनल अर्गनाईजेसन, संघीय समाजवादी फोरमले पनि मनोनयन दर्ता गराएका छन् ।

प्रदेशमा एकिकृत राप्रपाले पनि मनोनयन दर्ता गरेको छ । प्रदेशमा आधा दर्जन स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राप्रपाले भने नेपाली काग्रेसलाई सघाउने अध्यक्ष विष्णुप्रसाद सापकोटाले बताए ।

प्रकाशित : कार्तिक ५, २०७४ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?