कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापिने

निर्वाचन मितिमा कुनै फेरबदल नहुने आयोगको भनाइ
कान्तिपुर संवाददाता

काठमाडौं — आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापिने भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार आफ्नो पूर्वनिर्णय परिवर्तन गर्दै निर्वाचन आयोगले दुवै सभाको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको मतदानका लागि अलगअलग पानामा मतपत्र छाप्ने निर्णय गरेको हो ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापिने भएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार आफ्नो पूर्वनिर्णय परिवर्तन गर्दै निर्वाचन आयोगले दुवै सभाको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको मतदानका लागि अलगअलग पानामा मतपत्र छाप्ने निर्णय गरेको हो । यो निर्णयले मंसिर १० र २१ गते निर्धारित दुई चरणको निर्वाचन मितिमा कुनै फेरबदल नहुने आयोगले प्रस्ट पारेको छ ।

आयोगले सर्वोच्चको आदेशको प्रतिलिपिसहितको पत्र शनिबार प्राप्त गरेको थियो । आन्तरिक छलफल र कानुनविद्हरुसँगको परामर्शपछि आइतबार बसेको आयोगको बैठकले दुइटा मतपत्र छाप्ने निर्णय लिएको स्रोतले जनाएको छ ।

प्रकाशित : कार्तिक १२, २०७४ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?