कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाम गठबन्धनले अधिनायकवाद ल्याउँछ भन्नु हास्यास्पद: अध्यक्ष ओली

देवनारायण साह

मोरङ — एमालेका अध्यक्ष केपी ओलीले वाम गठबन्धनले मुलुकमा अधिनायकवाद ल्याउँछ भन्ने भनाई हास्यास्पद भएको बताएका छन् ।

वाम गठबन्धनले अधिनायकवाद ल्याउँछ भन्नु हास्यास्पद: अध्यक्ष ओली

'प्रधानमन्त्रीलाई हडबडाउने बानीले वाम गठबन्धनले मुलुकमा अधिनायकवाद ल्याउँछ भनिरहनु भएको छ । सरकारको नेतृत्व गर्नेले प्रतिपक्षलाई सिध्याउने भनिरहेको छ जुन अत्यन्तै अस्वभाविक र असाधारण कुरो हो,’ विराटनगरमा विहिवार पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘प्रतिपक्षलाई सिध्याउने प्रधानमन्त्रीको भनाई सत्ताभित्रको तानाशाही र फाँसीवादी चरित्रको प्रष्टीकरण हो ।’ कांग्रेसको ध्रुवीकरण भवितव्यको ध्रुवीकरण भएको उनको भनाइ थियो ।

देशको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, लोकतन्त्रको रक्षा, सामाजिक स्वाधिन्ता, सदभाव र शान्ति स्थापना, युवा जनशक्ति र मुलुकमा रहेको प्रयाप्त साधन स्रोत उपयोग गरेर समृद्ध मुलुक निमार्णका लागि आफूहरुको गठबन्ध भएको उनी बताउँछन् ।

उनले प्रतिनिधि र प्रदेशसभा सदस्यको टिकट वितरणमा एमालेका कुनै, कोही नेतालाई समस्या नरहेको दाबी गरे । टिकट वितरणले एमाले समस्या भएको भन्ने हल्ला केही व्यक्तिले भडकाउनका लागि फैलाएको उनको भनाइ छ । उनले एमालेका नेताहरुको पूर्व-पश्चिम रेल कुद्नु पर्ने, तराईमा उद्योग, सिचाईं, कृषिमा आधुनिकीकरण, विद्युतीकरण, हाइड्रोपावर, टुरिजम विकास हुनु पर्ने चाहना रहेको बताए । एमाले विरुद्ध हल्ला फैलाउने हल्लाखोरहरुले अहिले बिज्नेश गरिरहेकोले त्यसकोपछि कसैलाई नलाग्न उनको आग्रह थियो ।

प्रकाशित : कार्तिक १६, २०७४ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?