कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ शक्ति दैलेख जिल्ला कमिटी नै एमालेमा

ज्योती कटुवाल

दैलेख — बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल जिल्ला कार्यसमिति दैलेखका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

नयाँ शक्ति दैलेख जिल्ला कमिटी नै एमालेमा

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनले शुक्रबार दैलेखमा गरेको पार्टी प्रवेश तथा अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नयाँ शक्ति पार्टीका जिल्ला कार्य समिति नै एमालेमा समाहित भएको हो ।

नयाँशक्ति पार्टीका केन्द्रीय सदस्य वीरबहादुर भण्डारी, केन्द्रीय परिषद् सदस्य रामप्रसाद शर्मा एमालेमा प्रवेश गरेका छन् । यस्तै नयाँ शक्ति पार्टीका जिल्ला कमिटी सचिव बमबहादुर रावतलगायत जिल्ला कमिटीका नेता एमालेमा प्रवेश गरेको एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले जानकारी दिएका छन् ।

यस्तै शुक्रबार एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले दैलेखमा अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । भेलाले संयुक्त जिल्ला संयोजन समिति गठन गरेको एमाले अध्यक्ष शर्माले जानकारी दिए । पार्टी एकतासहित आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एक ढिक्का भएर लाग्न गठबन्धनका जिल्लास्तरीय शीर्ष नेतृत्वले कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

प्रकाशित : कार्तिक १७, २०७४ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?