कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

दुर्गालाल केसी

दाङ — छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले बुधबार बंगलाचुली गाउँपालिका–५ साकिनेका ३२ वर्षीय भीमबहादुर गिरीलाई पक्राउ गरेको छ ।

१४ वर्षीया झट्केली छोरीलाई डरत्रास र धाकधम्की दिई पटकपटक जबरजस्ती करणी गर्दै आएको जाहेरीका आधारमा गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताएकी छन् । 

गिरीबिरुद्ध जबरजस्ती करणी शिर्षकअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको सिंहले जानकारी दिइन् ।

 

प्रकाशित : कार्तिक २२, २०७४ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?